२२ आश्विन २०८३, बिहिबार
Header

एमसिसी परियोजना बन्द हुँदै, नेपाल पनि प्रभावित हुने


काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गतका परियोजना बन्द हुने भएको छ।

 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सल्लाहकार इलन मस्कले (एमसिसी अन्तर्गतका परियोजना बन्द गर्ने तयारी गरेका छन । 


अन्तर्राष्ट्रिय सञ्चारमाध्य सिएनएनका अनुसा डोजले एमसिसी परियोजनामा आबद्ध कर्मचारीहरूलाई इमेल पठाएर परियोजना चाँडै बन्द हुने जानकारी गराएको हो । 


परियोजना बन्द गर्न लागिएकाले उक्त परियोजनाका कर्मचारी पनि कटौती गर्ने भनेर डोजले एमसिसीका कर्मचारीहरूलाई ९० दिनको इमेल गरेको बताइएको छ ।


उनीहरूलाई स्वेच्छिक अवकासका लागि निवेदन दिन पनि भनिएको सिएनएनले उल्लेख गरेको छ । स्वेच्छिक अवकासमा नजाने कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिने बताइएको छ।


परियोजना बन्द हुँदा नेपालसहित २० देश प्रभावित हुने भनेर अमेरिकी मिडियाहरूले लेखेका छन । 


नेपालमा एमसिसी


एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो । उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख छ ।


एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो ।  यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन । 


एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो । 


यस अघि ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेपछि अमेरिकी सहायताका परियोजना रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।


तर, चैत ८ गते एमसिसी अन्तर्गतका सबै काम रोक्न नपर्ने गरी अमेरिकी सरकारले पत्र पठाएको थियो । 


एमसिसी कार्यान्वयन गर्ने निकाय एमसिएले गत चैत ८ गते अमेरिकाले सबै काम रोक्न नपर्ने गरी पत्र पठाएको भनेर विज्ञप्ती जारी गरेको थियो।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex