काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका छन ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।
पन्त एमालेका समानुपातिक सांसद हुन ।
यसैविच, प्रधामन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदबाट बर्खास्त गरेका छन ।
मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन ।
यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
Categorized in राष्ट्रिय