१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड


प्रकाशित: सोमवार, ८ बैशाख २०८२, ११ः३० बजे
- महानगरखवर

काठामाडौं । आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ ।

 
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 


यसअघि गत बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। 


उक्त दिन सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । 


यस्तै, आइतबार भने सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।


आइतबारको तुलनामा सोमबार भने सुन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex