५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

आज काठमाडौंमा सडक डाइभर्सन कारण ट्राफिक जाम


प्रकाशित: शनिवार, ७ बैशाख २०८२, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । नियमित शिक्षक आन्दोलन र आज राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनको कारण ट्राफिक व्यवस्थान विग्रिएको छ ।


सडक डाइभर्सनको कारण विभिन्न ठाउँमा जामहरु देखिएको छ भने यात्रुहरु सवारी पर्खाइमा देखिएका छन ।

 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंको माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्म मुख्य लेन भएर चल्ने सवारीसाधनलाई सर्भिस लेनबाट पठाइरहेको छ ।


डाइभर्सनका कारण सिंहदरबार दक्षिणगेट, माइतीघर, अनामनगर, हनुमानथान र थापागाउँ हुँदै चल्ने सवारीसाधन क्युमा चलिरहेका छन्।


अफिस समयमा सवारी चाप समेत बढेपछि कोटेश्वर, गौशाला, चाबहिल, सोह्रखुट्टे, लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र कुपण्डोलमा जाम देखिएको छ ।


राप्रपाले आज काठमाडौंको बिजुली बजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि प्रहरीले सडकमा तैनाथ हुँदा सवारी ड्राभइर्सन गर्न परेको र ट्राफिक जाम लगायतको समस्या देखा परेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex