२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सम्पदा दिवसको अवसरमा काठमाडौं–१५ वडाले गरे योग शिविरसँगै शान्ति पदयात्रा 


प्रकाशित: शुक्रवार, ५ बैशाख २०८१, २०ः५४ बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपाकिा वडा १५ ले स्वयम्भू भुइँखेलमा वृहत योग र स्वयम्भूदेखि वसन्तपुरसम्मको शान्ति पदयात्रा आयोजना गरेको छ । 


विहान साढे ५ बजे भेला भएर ६ बजेसम्म सामुहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा गरिएको थियो ।

 
भुइँखेलबाट सुरु भएको पदयात्रा चारा हिटी, धिमे ल्वहं, निपु हिटी (भीमसेन मन्दिर), डल्लु चौतारा, भेलु महादेव, रञ्जित मल्ल सतः घाट, तप्यँताँ, म्येछ्यों हिटी, बुरांखेल, सामुदायिक (लोकेश्वर) गल्ली, आयुर्वेदिक अस्पताल, नरदेवी द्यःछेँ, पाछै गल्ली, सुन्ता गल्ली, दमाइ टोल, चस्वांद्वँ, साः (तेल मिल), बन्जाः हिटि, मिच्याः गल्ली, मरुबहि, सन्तानेश्वर महादेव, मरु हिटि हुँदै मरु गणेश पुगेर समापन भएको थियो । 


यस अवसरमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्धनका लागि पदयात्रा गरिएको बताए ।

 
२२ सय मिटरका दुरीमा भएका २ वटा सम्पदा क्षेत्रका बिचमा दर्जनौँ भौतिक सम्पदा छन । ती हरेक सम्पदासँग अभौतिक क्रियाकलाप हुने गरेका छन । स्थानीयबासीलाई यी सम्पदाको सम्बन्ध बुझाउन पदयात्रा गरिएको वडा अध्यक्ष डंगोलको भनाई छ । 


सम्पदा मार्गको गरिमा बढाउन र यसको संरक्षणमा स्थानीयबासी, सम्पदा संरक्षणकर्मी र साझेदारलाई प्रतिवद्ध गराउन पद यात्रा गरिएको वडासचिव प्रमोद अधिकारीले जानकारी दिए । 


यो वर्ष ‘विपद र द्वन्द्व प्रतिरोधी सम्पदा’ (डिजास्टर एण्ड कन्फ्लिक्ट रिजिलियन्ट हेरिटेज) नारासहित दिवसका कार्यक्रम आयोजना भइरहेका छन्न । यो नाराको आशयलाई गएको वर्ष ‘डिजास्टर एण्ड कन्फिन्ट थ्रु द लेन्थ अफ द भेनिस चार्टर’ प्रवर्धन गरिएको थियो । 


यो चार्टर सन १९६४ मा सम्पदा संरक्षण र व्यवस्थापनमा काम गर्ने विज्ञ र पेशाकर्मीहरुले जारी गरेका थिए । त्यस यताका सम्पदाले भोगेका विपत्ति, त्यसले पारेको असर र यसबाट सिक्नु पर्ने पाठलाई विश्लेषण गर्न नाराले झक्झक्याएको छ ।

 
फरक ठाउँका प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रुपमा मनाउन हरेक बर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् बिश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ । इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (स्मारक क्षेत्रहरुको अन्तरराष्ट्रिय परिषद) ले दिवस मनाउन सुरु गरेको हो । 


यो सन १९६५ मा स्थापना भएको हो । परिषद्ले सन १९८२ मा दिवस मनाउन राखेको प्रस्ताव त्यसको १ वर्षपछि युनेस्कोले पारित गरेपछि अन्तरराष्ट्रिय रुपमा दिवस मनाउन थालिएको हो ।

 
नेपालमा भने सन २०१० बाट दिवसलाई औपचारिक रुपमा मनाउँदै आएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex