८ भाद्र २०८३, सोमबार
Header

कार्यकर्तालाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रहः रास्वपा


प्रकाशित: शुक्रवार, ५ बैशाख २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ ।


रास्वपाका कार्यवहाक सभापति कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिएका हुन ।

 
बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा उनले सो निर्देशन दिएका हुन । 


उनले त्यस्तो प्रवृत्ति पार्टीकै लागि घातक हुने बताउँदै कार्यवाहक सभापति अर्यालले सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex