१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गम्भीर प्रकृतिका विभिन्न ६ रोगको निःशुल्क उपचार सुरु


प्रकाशित: विहिवार, ४ बैशाख २०८२, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गम्भीर प्रकृतिका ६ रोगको निःशुल्क उपचार सरु भएको बताएको छ । 


गम्भीर प्रकृतिका विभिन्न ६ रोगहरुमा १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको विषय छ । 


रगत नजम्ने दुर्लभ किसिमको बंशाणुगत रोग हिमोफिलियाको महंगो औषधि निःशुल्क भनिएको छ ।


पक्षघातको उपचारको लागि दुर्लभ र महँगो औषधि निस्शुल्क गरिएको छ । 


जलनका बिरामीका निःशुल्क उपचार, जलनका आकस्मिक उपचार निःशुल्क गर्ने नीति कार्यान्वयनमा छ । 


त्यसैगरी, कमजोर आर्थिक स्थिति रहेका नागरिकका लागि सातवटै प्रदेशमा जलनको विशिष्टिकृत उपचार निःशुल्क गर्ने नीति लागू भइसकेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।


यस अघि मन्त्री पौडेललेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले संसदमा प्रश्न दर्ता गर्दै निःशुल्क उपचार नीति कार्यान्वयनबारे प्रश्न गरेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex