काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी भएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रकम चोरी गर्ने रको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा कालिमाटीबाट पक्राउ समेत गरेको छ ।
कार्यालयका अनुसार उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई–सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको छ ।
उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ ।
उनले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई–सेवामा पहुँच पुर्याएर रकम चोरी गरेको पाइएको प्रहरीको भनाइ छ ।
लिंक पठाएपछि तपाईंको खाता सस्पेन्ड हुन लागेको चेतावनी दिँदै भेरिफाईको लिंक खोल्न लगाएर व्यक्तिका ई–सेवामा पुहुँच पुर्याएको आरोप छ ।
16 April 2025, Wednasday
Categorized in प्रबिधि