१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्र बैंकले ९७ करोड बैंक तथा वित्तिय संस्थामा लगानी गर्दै


प्रकाशित: आइतवार, ३१ चैत्र २०८१, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। 


बैंकले मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्ने भएको आइतबार सूचना जारी गरी जनाएको छ। 


आफ्नो उपदान र पेन्सन कोषमा रहेको ९७ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।


केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ ।


बैंकका अनुसार वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । 


बैकले ३६६ दिन (७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म) का लगानी गर्न लागिएको हो । लगानीले लागि बैंकहरुले आगामी ३ वैशाख साँझ ७ भित्र आवेदन दिनुपर्ने छ ।


रकम लिनको लागि बैंकले विभिन्न शर्ततहरु राखेका छन । जसमा निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पूँजीकोष (बफर सहित) कायम गरेको हुनुपर्ने हुन्छ । 


त्यसैगरी, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपर्ने छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex