११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अमेरिकाबाट अहिलेसम्म ६३ नेपाली नेपाल डिपोर्ट


प्रकाशित: आइतवार, ३१ चैत्र २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्माहलेयता  अमेरिकाबाट ६३ नेपाली नागरिक निष्कासन (डिपोर्ट) मा परेका छन । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार २२ जनवरीयता ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएकोे हो ।

 
अमेरिकाले जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिल (बिहीबारसम्म) ७ नेपालीलाई ‘डिपोर्ट’ गरेको अध्यागमनको तथ्यांक छ ।


ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पर्सिपल्ट २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको छ । 


‘डिपोर्ट’ मा परेका अधिकांश व्यक्ति ‘मानव तस्कर’ लाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुक हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगेर अमेरिका छिरेकाहरू छन । 


अमेरिकाले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूचीमा राखेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex