८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नयाँ बर्षमा नयाँ सरकारको संभावनाः प्रचण्ड


प्रकाशित: आइतवार, ३१ चैत्र २०८१, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संभावना रहको बताएका छन । 


आइतवार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको उल्लेख गरे । 


प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’


उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’


यसअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । 


त्यसबारे थप प्रष्ट्याउन पत्रकारहरुको प्रचण्डलाई भनेका थिए । तर यसबारे थप बोल्न नलगाउन प्रचण्डले पत्रकारहरुलाई अनुरोध गरे ।


यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे ।
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex