काठमाडौं । चैत्र १५ गते तीनकुनेमा राजवादीको प्रदर्शनमा भएको घट्नापछि फरार रहेका दुुर्गा प्रसाई पक्राउ गरेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको बताएको छ ।
प्रसाईंलाई भारतको असामबाट झापा ल्याएर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएपछि २ जनाको ज्यान गएको थियो भने कयौं घाइते भएका थिए ।
प्रहरीको प्रेस विज्ञप्ती

Categorized in राष्ट्रिय