काठमाडौं । विहिवार सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला सुन प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँ पुगेको छ ।
महासंघका अनुसार सुन एकै दिन ५ हजार ७ सय रुपियाँले बृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।
यसअघि गत चैत २१ गते शुक्रवार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार भने प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा सुनको कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।
Categorized in बजार