११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आज बढ्यो सुनको भाउ, कतिमा हुँदै कारोवार ?


प्रकाशित: बुधवार, २७ चैत्र २०८१, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । लगातार घटिरहेको सुन मुल्यमा बुधबार बृद्धि भएको छ ।


नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार सुन प्रतितोला दुई हजार रूपैयाँ बढेको छ । 


आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ घटेको थियो । 
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । 


यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।


यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex