२४ आश्विन २०८३, शनिबार
Header

डा. अञ्जान शाक्य आइपीयुको  दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी


प्रकाशित: आइतवार, २४ चैत्र २०८१, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य विजयी भएकी छन् ।


उज्वेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा नेपालले पहिलो पल्ट सहभागिता जनाएको भएपनि पहिलो पल्टमै सफलता पाएको हो । 


सम्मेलनमा माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुबै उम्मेदवारलाई पछि पार्दै नेपालको प्रतिनिधत्व गरेकी शाक्य बिजेता बनेकी हुन । 


सभामुख देवराज घिमिरे सहितको टोली अहिले उज्वेकिस्तानमा छ ।  सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा 
सभामुख घिमिरे र सांसद डाक्टर शाक्यसहितको प्रतिनिधि मण्डल अन्तरव्यवस्थापिका संघको १५० औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तानको राजधानी तास्कन्द पुगेको हो । 


सभामुख घिमिरेले नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।


शाक्यले सकारात्मक पहलका लागि प्रधानमन्त्री, सभामुख, संसद सचिवालयको अन्तर्राष्ट्रिय महाशाखा लगायतलाई पनि धन्यवाद व्यक्त गरिन् ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex