४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

थ्रीस्टार क्लबले विविध कार्यक्रमका साथ स्वर्णजयन्ती मनाउँदै


प्रकाशित: शुक्रवार, २२ चैत्र २०८१, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपालको प्रतिष्ठित ए डिभिजन फुटवल क्लब थ्रीस्टारले स्थापनाको ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रमका साथ स्वर्ण जयन्ती समारोह मनाउने भएको छ । 


विहिवार पाटन मंगलवजारमा आयोजित पत्रकार सम्मेलनमा थीस्टारका क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले दुई चरणमा विभिन्न कार्यक्रमहरु गरी स्वर्ण जयन्ती कार्यक्रम गरिने बताए । 


उनले सो अवसरमा थ्रीस्टारका पूर्व खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेल, रक्तादन तथा स्वास्थ्य परीक्षण, पुनर्मिलन, सम्मान तथा अभिनन्दन, सांगितिक तथा नेवाः भोज कार्यक्रम गरिने जानकारी दिए । 


श्री स्टारका क्लबबाट खेल्ने अहिलेसम्मका सबै खेलाडीलाई भेला गरी मैत्रीपूर्ण खेलको माध्यमबाट पुनर्मिलनको उद्देश्यसहित चैत्र २३ गते शनिवार दिउँसो साढे एक बजे बुद्धिविकास खेलमण्डल खेल मैदानमा कार्यक्रम हुन लागेको हो ।


त्यसैगरी, चैत्र २३ गते विहान ८ बजे आदर्श कन्या निकेतन विद्यालय परिसरमा स्वास्थय परीक्षण तथा रक्तदान कार्यक्र रहेको पनि उनले बताए। 


दोस्रो चराणको कार्यक्रम चैत २९ गते सम्मान तथा अभिनन्दन कार्यक्रम र सांगीतिक तथा नेवाः भ्वय् (नेवारी भोज) कार्यक्रम गरिनेछ । 


सम्मान कार्यक्रममा अहिलेसम्म थ्रीस्टारबाट खेल्ने खेलाडी, शुभचिन्तक र सहयोगी संघसंस्थालाई सम्मान तथा अभिनन्दन गरिनेछ साथै क्लबका आजीवन सदस्यहरू पनि सम्मानित हुनेछन् ।


कार्यक्रममा थ्रीस्टारले अहिलेसम्म जितेका सिल्ड, ट्रफीको प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । 


थ्री स्टारले सहिद स्मारक लिगमा २०३६ देखि सहभागी भएर थ्रीस्टार क्लब डी, सी, बी हुँदै २०३९ सालमा ‘ए’ डिभिजनमा स्थान बनाएको इतिहास छ । 


थ्रीस्टारले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी कुल ३४ उपाधि जितेको छ । थ्रीस्टार क्लब विभिन्न प्रतियोगितामा १४ पटक उपविजेता पनि बनेको छ । 


क्लबले नेपालको ए डिभिजन लिग तीन पटक, राष्ट्रिय लिग एक पटक र भारतमा भएका विभिन्न प्रतियोगितामा सात पटक उपाधि जितेको छ ।


थ्रीस्टार २०३१ सालमा स्थापित भएको क्लब हो ।

 

4 April 2025, Friday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex