८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

हिउँदे अधिवेशनको अन्त्य, ११ बैठकमा देउवा अनुपस्थित, सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित


प्रकाशित: मंगलवार, १९ चैत्र २०८१, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलवार राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्य गरेको घोषणा गरेको छ । 


राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका थिए ।


सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २१३ मा अनुपस्थितिको सूचना दिनुपर्ने व्यवस्था अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित रहेको बैठकबारे जानकारी दिएका छन ।


हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका २७ वटा बैठकमा मध्ये ११ वटा बैठकमा कांग्रेसका सभापति  देउवा अनुपस्थित रहेको उनले बताए । 


अधिवेशन अवधिभर १० भन्दा बढी बैठकमा अनुपस्थित सांसदको अनुपस्थितिबारे सभामुख घिमिरेलेसभामा जानकारी गराएको हो ।

 
सभामुख घिमिरेका अनुसार देउवाले पार्टीका काममा व्यस्त रहेकाले संसद बैठकमा उपस्थित हुन नसकेको कारण देखाएका छन् । जसलाई सभाले स्वीकृत गरेको छ ।


राप्रपा सांसद दिपक बोहोराको निधनमा शोक प्रस्ताव पारित


आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । 


बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।


फाइल तस्वीर

asteriskhubs
Home Page Bottom Second


maharjan complex