काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक सुरु हुने वित्तैकै सत्ता र प्रतिपक्षी दलका सांसदहरूविच चर्का चर्की भएको छ ।
बैठक सुरु लगत्तै दुवै पक्षले बोल्न पाउनुपर्ने भन्दै हो–हल्ला गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
आजको बैठकको युटुवमा लाइभ प्रशारण गरिएको थिएन । संघीय संसद भवनमा रहेको मिडिया सेन्टरसम्म लाइभ प्रशारण भने गरिएको थियो ।
साथै पत्रकारहरूलाई पनि संघीय संसद भवनको ग्यालरीमा प्रवेश गर्नुअघि कडाइ गरिएको थियो ।
आइतवार, १७ चैत्र २०८१, १४ः४० बजे
Categorized in राष्ट्रिय