११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यले तोड्यो सबै रेकर्ड


प्रकाशित: शुक्रवार, १५ चैत्र २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएर सबै रेकर्डहरु तोडन सफल भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ । 


यसअघि गत चैत ६ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । यस दिन सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो । 


यस्तै बिहीबार भने प्रतितोला एक लाख ७४ हजार आठ सय रूपैयाँमा सुनको कारोबार भएको थियो।


बिहीबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो । 


यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । 


बिहीबार चाँदी प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भएको थियो ।

 

28  March 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex