८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कुलमानको समर्थनमा काठमाडौंमा प्रर्दशन, चौतर्फी विरोध, बागबजारमा प्रधानमन्त्रीको पुत्ला जलाईयो


प्रकाशित: मंगलवार, १२ चैत्र २०८१, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । सरकारले नेपाल बिद्युत प्राधिकरको कार्यकारी निर्देशक पदबाट हटाएपछि काठमाडौंको कुलमानको समर्थनको विरोध प्रदर्शन भएको छ । 


मंगलवार विहानै प्रदर्शनी मार्गमा एकिकृत समाजवादीका विद्यार्थी संगठनले उर्जामन्त्री दिपक खड्काको पुतला जलाएर विरोध प्रदर्शन गरेको थियो । 

 


तयसैगरी, दिउँसो माइतीघर मण्डला, सिंहदरवार गेट अघि पनि समर्थकहरुले चर्को विरोध गर्दै कुलुमानलाई पुनः नियुक्त गर्न माग गरेका छन । 


त्यसैगरी, साँझ जोरपाटीमा ठुलो संख्यामा समर्थकहरु उपस्थिती भए सरकारको उक्त कदमकाृे कडा विरोध गरेर सरकारविरुद्ध नारावाजी गरे । 


बागबजारमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राँकेँ जुलुश निकालेको छ ।


कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्‍दै अखिल क्रान्तिकारीले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुश निकालेको हो ।


उनीहरूले राँके जुलुससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थीहरुबाट मसाल खोसेको थियो । 


यता सरकारले भने कुलमान घिसिङलाई वर्खास्ती गरेको विषयमा सरकारका प्रवक्ता समेत रहेका सुचना तथा प्रविधि मन्त्री पृथ्वीसुुब्वा गुरुङले सरकारले सुशासनका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङलाई हटाएको प्रष्टीकरण दिएको छ ।


‘मन्त्रिपरिषद्ले जे निर्णय गरेको छ, त्यो निर्णयले सुशासन प्रबद्र्धन हुन्छ हाम्रो कामहरू राम्रो हुन्छ भने हो,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सरकारले कार्यसम्पादनमा जे अधिकार प्राप्त गरेको छ, त्यही प्रयोग गरेर काम गरेको हो। जे चिज आजको आवश्यकता हो त्यही गरेका हौं।’


उनले नाफा–नोक्सान भन्ने कुरा नहुने र लोकतन्त्रमा मानिसहरू सडकमा निस्कने अधिकार सुरक्षित रहेको पनि बताए ।


लेखा समितिमा कुलुमानको चर्चा 


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनु पर्नेमा सरकारको धारणा बारे जिज्ञासा राखेका छन । 


’कुलमानलाई हटाइयो, अब बाँकी रहेको बक्यौता कसरी उठाउने? मेरो माग छ, आज नै निर्णय गरियोस् बक्यौताको छलफल कहिले गर्ने? यदि सम्भव छ भने, आजै छलफल गर्नुपर्छ,’ उनले भने।


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कुलमानलाई हटाउनु सरकारको कायरता भएको प्रतिक्रिया दिए ।


कुलमान हटाइएको विषयमा समिति सभापति ऋषिकेष पोखरेल र सांसद अमनलाल मोदीबीच प्रारम्भमै भनाभन भएको थियो । 


एमालेका तारा लामा तामाङ, कांग्रेसका रामकृष्ण यादव, मञ्जु खाण, मोहन बस्नेतबीच पनि घिसिङको बर्खास्तीबारे विवाद भएको थियो ।

 
पूर्व अर्थमन्त्री तथा माओवादी सांसद जनार्दन शर्माले कुलमानले काम गरेनन् भन्ने कुरा कसैले नपत्याउने भन्दै निर्णय सच्याउन आग्रह गरे । 


मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । 


यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex