काठमाडौं । ताम्रकार समाजको २६ औं सामुहिक भेला तथा २० औं बार्षिक साधारणसभामा सयौं विद्यार्थीहरु तथा जेष्ठ नागरिक र अगुवाहरु सम्मानित भएको छ ।
शनिवार ललितपुरको जवालाखेलस्थित उग्रचण्डी माई मन्दिर परिसरका अयोजित कार्यक्रममा उनीहरु सम्मानित भएको हो ।
समाजका पूर्व अध्यक्ष रविन्द्र ताम्रकारका अनुसार काठमाण्डौ बिश्वबिद्यालय अन्तर्गतको स्कूल अफ म्य।नेजमेन्ट (कुसुम) बाट हालसालै मात्रै स्नातक तह उत्तीर्ण गरेकी पाटनकी जीया ताम्रकार, प्रसादी एकेडेमीबाट उच्च माध्यमिक तह उत्तीर्ण गरी काठमाण्डौ बिश्वबिद्यालय संगै सम्बन्धन प्राप्त नेपाल कलेज अफ म्य।नेजमेन्टमा विविए तहमा अध्ययनरत ऐजन राज ताम्रकार लगायत एसईई, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तह उत्तीर्ण गरेका करीब सय जना बिद्यार्थीहरु सम्मानित भएका छन ।

कार्यक्रमका प्रमुख अथिती रहेका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले शंखमूल निवासी ८० बर्षीय शेषराज तमोट तथा उनकी धर्मपत्नी इन्द्रकुमारी ताम्रकार लगायत करीब बीस जना ज्याःजंक्वः (पास्नी) सकेका जेष्ठ नागरिकहरु पनि सोही अवसरमा सम्मान गरे ।
त्यस्तै पाटनमा जन्मेर हाल काभ्रेको पनौतीमा बसोबास गर्दै आइरहनु भएका स।हित्यकार,लेखक, गीतकार ध्रबकृष्ण ताम्रकार उग्रचण्डी प्रतिभा सम्मानबाट नगद पुरस्कार सहित सम्मानित भएका थिए ।

सो अवसरमा मन्त्री महर्जनले सामाजिक क्षेत्रमा ताम्रकार समाजबाट गरिदैं आइरहेको कार्यहरुको उच्च प्रशंसा गर्दै बागमति प्रदेशमा पारित भइसकेको नेपालभाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजको भाषा बनाउने लाइ कार्यन्वयन तहमा लैजाने प्रतिबद्घता ब्यक्तगर्नु भयो ।

बिशिष्ट अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्य बज्राचार्यले नगरका अन्य समाजहरु तथा संघसंस्थाहरुका लागी ताम्रकार समाज प्रेरणाको श्रोत बनेको उल्ल्ोख गर्दै महानगरपालिका सदैब महानगरबासीहरुको हकहितको लागी लागिपरेको बताउनु भयो ।
सभाका सभापति ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले ताम्रकार समाज विगत लामो समय देखि बिभिन्न सामाजिक कार्यहरुमा संलग्न रहदै आइहरेको तथा नगरको संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण सम्वद्र्घनका लागि नगरका अन्य संघसंस्थाहरु संग सहकार्य गर्दै आइरहेको बताउनु भयो ।
उक्त कार्यक्रममा समाजका दाताहरु लाई कदरपत्र तथा आजिवन सदस्यहरु लाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
सो कार्यक्रममा समाजका निबर्तमान अध्यक्ष रबिन्द्रराज ताम्रकार, बागमति प्रदेशका प्रदेश सदस्य रामकृष्ण चित्रकार, ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, अनुसन्धान निर्देशक रमेशचन्द्र यादब, समाजका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, बिभिन्न जातिय समाजका अध्यक्षहरु, संघ संस्थाका अध्यक्षहरु, समाजका सदस्यहरु तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

साधारणसभाको बन्दसत्रमा समाजका महासचिब दिपेश ताम्रकारले बार्षिक कार्यप्रतिबेदन, कोषाध्यक्ष बिमल ताम्रकारले आयब्यय बिवरण प्रस्तुत गर्नु भएको थियो । समाजका उपाध्यक्ष शम्भुगोबिन्द ताम्रकारले उपस्थित सबैलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
Categorized in समाज