५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौं र ललितपुरका यी स्थानमा ९ घण्टा विद्युत आपूर्ति बन्द हुने


प्रकाशित: शनिवार, ९ चैत्र २०८१, ०७ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज शनिवार काठमाडौंको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ । 


प्राधिकरणका अनुसार काठमाडौंको  जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो ।

 
जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी–साझाबारी आसपासका स्थानमा एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउनमा राखिने भएकोले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । 


त्यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर–सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । ती क्षेत्रमा एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।


ललितपुरमा पुल्चोक वितरण केन्द्रको कुपनडोल फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल एरियामा मध्याह्न १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।

 

22  March 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


maharjan complex