१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

पाटन अस्पतालबाट भागेका थुनवा समातिए


प्रकाशित: विहिवार, ८ चैत्र २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट फरार भएका थुनुवा अछामका १९ वर्षीय दीपक साउद समातिएका छन । 


प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनवा दिपक बुधबार दिउँसो साढे १२ बजेतिर पाटन अस्पतालबाट भागेका थिए।


प्रहरीले उनलाई गए राति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकैबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । 


बलात्कारका आरोपित उनी हिरासतमा रहँदा बिरामी भएकोले उपचारका लागि पाटन अस्पताल लगिएको थियो । 


अस्पतालको शौचालय छिरेका साउद झ्यालबाट भागेका थिए । उनीमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप छ। सो आरोपमा उनी १८ दिन हिरासतमा बसेका थिए।

 

21  March 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex