२४ आश्विन २०८३, शनिबार
Header

एमालेले चैत्र ११ बाट देशव्यापी गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने


प्रकाशित: विहिवार, ७ चैत्र २०८१, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमाले आगामी चैत ११ गते देशैभर प्रतिगामी कुप्रयासबारे जनसचेतना कार्यक्रम गरी जनतालाई गणतन्त्रबारे जागरुक गर्ने भएको छ । 


बिहीबार महासचिव शंकर पोखरेलले जुम बैठकमार्फत् जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका हुन्।


पञ्चायतको अन्त्यपछि प्राप्त गरेका उपलब्धीसमेतको जानकारी गराउने गरी आगामी चैत ११ गते वडावडामा कार्यक्रम गर्ने भएको छ । 


त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने जानकारी पनि जुम बैठकमा महासचिव पोखरेलले गराएका थिए ।


एमालेले चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने एमालेको तयारी छ ।


जागरण सभा नहुने जिल्लामा मोटरसाइकल र्‍याली गर्ने महासचिवले बताएका थिए ।


चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेको तयारी छ । 


राजसंस्था पुनर्स्थापनाका लागि भन्दै राप्रपा, नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वमा भिन्नभिन्नै संघर्षका कार्यक्रम गर्ने तयारी भइरहेपछि एमालेले अहिलेको व्यवस्थाका पक्षमा सचेतना अभियान गर्न लागेको हो ।

 

20  March 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex