१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 


बुधवार काठमाडौंमा बैंकको साधारण सभा सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा सम्पन्न भएको हो । 


सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ ।

 
सभामा बैंकका प्रमुख कार्यकरी अधिकृत तिलकराज पाण्डेयले बैंकको संक्षिप्त वित्तिय अवस्थाबारे उल्लेख गरेका थिए । 


त्यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।


सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका हाल उच्च अदालत पाटनको अल्पकालिन अन्तरिम आदेशका कारण रोकिएको छ ।

 

20  March 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex