८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

स्ववियु निर्वाचनः ६५ प्रतिशत मतदान, पाटन क्याम्पसमा झडप, पुल्चोकमा स्वतन्त्र र थापाथलीमा नेविसंघ बिजयी


प्रकाशित: मंगलवार, ५ चैत्र २०८१, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मंगलवार भएको निर्वाचनमा ६५ प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएको छ ।


त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३८ आंगिकसहित करिब ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको हो ।


स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार । १८ आंगिक क्याम्पसमा भने निर्वाचन हुन सकेका छैनन् । यी क्याम्पसमा तत्काल निर्वाचन गर्न त्रिविले निर्देशन दिएको छ ।


काठमाडौं उपत्यकाका २२ मध्ये ११ क्याम्पसमा निर्वाचन हुन सकेन । काठमाडौंका आरआर, त्रि–चन्द्र, पाटन, पद्यकन्या, अस्कल, सरस्वती, पब्लिक युथ, विश्वविद्यालय क्याम्पसमा नै निर्वाचन हुन नसकेको हो ।


स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार ६५ प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएको प्रारम्भिक अनुमान छ ।


पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।


उनी १ हजा १ सय २ मतसहित विजयी भएको हो । उनका अनुसार प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ निर्वाचित भएका हुन् ।


सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् । 


यसअघि २०७९ मा भएको चुनावमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विराज अर्यालले चुनाव जितेका थिए ।


त्यसैगरी, काठमाडौंको थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघबाट उम्मेदवार प्रह्लाद खड्का निर्वाचित भएका छन् ।


स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका हुन् ।


यसैविच पाटन संयुक्त क्याम्पसमा मतदता कार्डको विषयलाइ विद्यार्थीहरूबीच झडप भएको छ ।


बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो ।

 

18  March 2025, Tuesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex