१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

बैंकहरूले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत खर्च गर्नु पर्ने


प्रकाशित: मंगलवार, ५ चैत्र २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । बैंकहरूले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमको ६० प्रतिशत खर्च गर्नुपर्ने भएको छ । 


राष्ट्र बैंकले जारी गरेको ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१’ मा यस किसिमको व्यवस्था उल्लेख छ । 


बैंकहरूले शिक्षा, स्वास्थ्य, मानविय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्यका काममा यस्तो रकम खर्च गर्न पाउँछन । 


वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टाएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

18  March 2025, Tuesday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex