४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ओखरपौवामा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि तनाव


प्रकाशित: सोमबार, ११ भाद्र २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । फोहर बोकेको एक ट्रकले ओखरपौवाएको स्थानीय महिलालाई ठककर दिँदा मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । 


बा २ ख ६११८ नम्बरको ट्रकले ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीको ज्यान लिएपछि ओखरपौवा तनावग्रस्त बनेको हो ।


सो क्षेत्रमा स्थानीयवासिन्दाहरु दोषीमाथि कार्वाही तथा क्षतिपुर्तिको माग गर्दै प्रदर्शनमा उत्रेका छन । 


प्रदर्शनको कारण सवारी आवागमनमा अवरोध भएको छ भने अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने दुवैतर्फका सवारी लामो जाममा फसेका छन ।


घट्नको विरोधपछि काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका सबै गाडीहरु काठमाडौंतिर नै फर्किएका छन् ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex