काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) वाणिज्य बैंकहरुमा दुई खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
गत असारको तुलनामा यो ४.९० प्रतिशतको वृद्धि हो । गत असार मसान्तमा बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रहेकामा गत फागुनसम्म बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
गएका आठ महिनामा २० वाणिज्य बैंकले कुल २ खर्ब ८० अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तको तुलनामा यो ६.१२ प्रतिशतको वृद्धि हो ।
गत असारमा ४५ खर्ब ७१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल कर्जा फागुनसम्म बढेर ४८ खर्ब ५१ रुपैयाँ पुगेको छ ।
यो वर्ष सरकारले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । आठ महिनासम्मको प्रगतिका आधारमा यो आर्थिक वर्ष वार्षिक लक्ष्य प्राप्तिमा कठिनाइ हुने जानकारहरु बताउँछन् ।
यस्तै, गत फागुनसम्म वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७९.२९ प्रतिशत छ । यसको अर्थ बैंकहरुसँग अहिले पनि करिब पौने ६ खर्ब रुपैयाँ लगानीयोग्य (ऋण दिन मिल्ने) पुँजी रहेको तथ्यांकहरुले देखाएको छ ।
17 March 2025, Monday
Categorized in बैंक