काठमाडौं । प्रतिनिधिसभा बैठक आज संघीय संसद कार्यालय बानेश्वरमा बस्ने भएको छ ।
संघीय संसद् सचिवालयका अनुासर आज बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी उनले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ ।
संसद सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको क्यालेन्डर पनि तयार गरेको छ ।
‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णय अनुसार तयारी पारिएको क्यालेन्डरमा अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ ।
16 March 2025, Sunday
Categorized in राष्ट्रिय