११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एकैदिन प्रतितोला चार हजार बढ्दा सुनको मूल्यले बनायो नयाँ रेकर्ड


प्रकाशित: शुक्रवार, १ चैत्र २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।


आज सुन प्रतितोला चार हजार रुपियाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार बजारमा सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोवार भईरहेको छ ।


यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । 


त्यस दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 


यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको थियो ।

 

14 March 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex