२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गाईजात्रा मनाउन भक्तपुरमा सञ्चार सम्पर्क बिच्छेद


प्रकाशित: आईतबार, १० भाद्र २०७५, १९ः४७ बजे
- महानगरखबर

काठमाडौं । गाईजात्रा मानउन भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका टेलिफोन, इन्टरनेट र केबलका तार काटेपछि भक्तपुर नगरका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन । 


नेपाल टेलिकमका कर्मचारी प्रकाश अधिकारीले शुक्रबारदेखि नेपाल टेलिकमको दुई हजार लाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्व पार्ने गरी तार काटेको बताएको छ । 


प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको निर्देशनमा भक्तपुर नगरपालिकाले टेलिफोनसँगै केबल टेलिभिजनका तीन हजार र अन्य इन्टरनेट सेवा प्रदायकका एक हजार तार काटेको स्थानीय बासिन्दाहरुको बताएका छन् । 


भक्तपुरवासी सञ्चारविहिन भएपछि विरोध गर्दै तत्काल लाइन जडान गर्न माग गरेका छन । मानवीय जीवनको अत्यावश्यक सेवाका रुपमा रहेको सञ्चारका सबै सुविधा काटिएपछि भक्तपुरका बासिन्दा अन्योलमा परेको उनीहरुको भनाइ छ । 


प्रजिअ भट्टका अनुसार वडा अध्यक्षसहितको नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालयसमेत रहेको समिति बनाएर स्थलगत अध्ययन गरी गाईजात्रा सञ्चालन हुने मार्गमा समितिको निर्णयअनुसार लाइन काटिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex