काठमाडौं । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ३ बर्ष अघि आएको विनाशकारी भूकम्पको कारण नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ ।
अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको भए पनि सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको सो अनलाईनले जनाएको छ ।
अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन्
नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ ।
gallery ko lagi yesma click garnu hola
Categorized in अन्तर्राष्ट्रिय