१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

चालु आ.व.को ७ महिनामा मुलुकको वित्तिय अवस्था कस्तो छ ?


प्रकाशित: सोमवार, २६ फागुन २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को ७ महिनाको आर्थिक तथा वित्तिय अवस्था सार्वजनिक गरेको छ । 


बैंकका अनुासर ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।


अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।


चालु आर्थिक वर्षको १ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६ रहेको छ ।


गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४ सय ३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।


मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले नयाँ रेकर्ड बनाएको छ । गत माघमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । 


गत असारको तुलनामा यो १६.१ प्रतिशतले बढेको हो । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।


चालु आवको सात महिनाको आयातलाई आधार मान्दा हालको सञ्चितिले १७.२ महिनाको वस्तु र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।


चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउनदेखि माघ)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ८४ अर्बले धेरै भएको छ ।


२०८०/८१ को सात महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ९७ अर्बले धेरै थियो। 


मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ। 


आर्थिक वर्ष २०७८/७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। 


रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ ।


यसको अनुपातमा आयातमा सामान्य मात्रै सुधार देखिएको कारण पनि भुक्तानी सन्तुलन देखिएको हो। 


आयात सामान्य बढेपनि चालु खाता एक खर्ब ६६ अर्ब रूपैयाँ नाफामै रहेको छ। गत आर्थिक वर्षको यो अवधिमा भने नाफा एक खर्ब ६२ अर्ब रूपैयाँ थियो। 


वार्षिक आधारमा सात वर्षपछि गत आर्थिक वर्षबाट मुलुकको चालु खाता नाफामा देखिएको थियो। 


यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको थियो। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ ।

 

10 March 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex