८ भाद्र २०८३, सोमबार
Header

ललितपुर स्पोर्टस अवार्ड– २०८१ आयोजना हुने


प्रकाशित: आइतवार, २५ फागुन २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । आगामी बैशाख २७ गते ललितपुर स्पोटर्स अवार्ड– २०८१ हुने भएको छ । 


आइतवार ललितपुर जिल्ला खेलकुद विकास समितिले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद मञ्चको कार्यालयमा एक पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । 


उक्त प्रतियोगिता २०८२ बैशाख २७ गते शनिवार दिन ललितपुरको सातदोवाटोस्थित कराते एकेडेमीमा आयोजना हुने बागमति प्रदेश खेलकुद विकास परिषदका सदस्य तथा खेल विज्ञ दिपक श्रेष्ठले बताए । 


भिडियोः 

 

 

 


पत्रकार सम्मेलनका प्रमुख अतिथि बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले ललितपुर जिल्लाले जस्तै बागमति प्रदेशका सबै जिल्लाले स्पोर्ट अवार्ड गरेर खेलाडीहरुको बृद्धि विकासमा टेवा पुुगाउनु पर्ने बताए । 


उनले यस कार्यक्रमको लागि प्रदेश सरकारले सकेको आर्थिक सहयोग गर्ने प्रविद्धता समेत व्यक्त गरेका थिए । 


उक्त अवार्डमा सहभागी हुने खेलाडीहरुले ललितपुर जिल्लाकै हुनु पर्ने र ललितपुरबाट खेलेको हुनु पर्ने खेल विज्ञ श्रेष्ठले उल्लेख गरेका छन । 


प्रतियोगिता २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल ललितपुर जिल्लाका खेलाडीहरुका लागि अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

 


यस प्रतियोगितामा विभागीय खेलाडीलाई समावेश नगरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए । 


बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रायोजकमा हुने ललितपुर स्पोट्र्स अवार्डमा तीन विधा सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ । 


उनीहरुलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट महिला र पुरुष खेलाडी तथा प्रशिक्षक ( ६) जनलाई जनही ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।


सर्वोत्कृष्ट तथा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकहरुलाई पाटन कृष्ण मन्दिर रहेको ट्रफी ( ९) जनलाई प्रदान गरिनेछ । 

 


यस अवार्ड छनौटको लागि ललितपर खेलकुद विकास समितिका सदस्इ सागर चित्रकारको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ ।

 
अवार्ड कार्यक्रमको बजेट करिब ३० लाख रहेको आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बताए । 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex