काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको टेकुमा ढलमा खसेका युवकको सकुशल उद्धार गरेको छ।
टेकुस्थित सिन्धुपाल्चोक साँगाचोकगढी-१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
प्रहरीका अनुसार उद्धार गर्ने क्रममा कुनैपनि चोटपटक नलागे पनि स्वास्थ्य चेकअपका लागि ट्रमा सेन्टरमा पठाइएको छ ।
उनी ढलमा कसरी र कहिले खसेको भन्ने बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Sunday, 9 March 2025
Categorized in समाज