काठमाडौ । दार्जुलाको गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी अगिरसिंह ठगुन्नाको हत्याको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले मार्मा गाउँपालिका १ का धर्मसिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्नलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।
भदौ ४ गते राति आफ्नै घरमा मृत भेटिएका ठगुन्नाको हत्याराको खोजविन गर्ने क्रममा उनीरुलाई पक्राउ गरी सोधपुछ भईरहेको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ गरेकाहरुमध्ये गणेश र देवकी श्रीमान श्रीमती हुन भने करन दुवैजनाका भतिजा पर्दछन ।
उनको हत्या पैसाको लोभमा हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको घरभित्रको दराजमा साढे ९ लाख रुपैयाँ फेला परेको छ । धनगढीमा जमिन किन्नका लागि ठगुन्नाले रकम संकलन गरेको आफन्तजनले बताएका छन् ।
Categorized in समाज