काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बेवारिसे बालबालिकाहरुको द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज शुक्रवार बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।
आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले टिपरको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको बताए । ठक्करबाट घट्नास्थलमै आकाश र सुमन दुई बालकको निधन भएको थियो भने गम्भिर घाईते भएका हरिजन बाजेको पनि अस्पतालमा निधन भएको छ ।
बिहानै प्रहरी आएर मृतक र घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्याएको थियो ।
आश्रयस्थल छिरेका टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ भने टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।
7 March 2025, Friday
Categorized in समाज