८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अमेरिकाबाट फर्काएका ८ नेपालीलाई परिवारको जिम्मा लगाइयो


प्रकाशित: विहिवार, २२ फागुन २०८१, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाबाट फर्काएका (डपोर्ट भएका) ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । 


बुधवार अमेरिकाले ग्रिफान एयरको चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका उनीहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।


उनीहरुलाई अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।


ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरुसँग विविध विषयमा सोधपुछ गरेको थियो । त्यसक्रममा उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याएको खुलेको थियो ।


प्रहरीका अनुसार, ८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । उनीहरु विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए ।

 

6 March 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex