काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेल संविधानसभा सदस्य हुन भने एमालेको स्थायी कमिटी सदस्य पनि छन ।
यस अघि उनी ओलीको पहिलो कार्याकालमा कानुनमन्त्री पनि भएका थिए ।
6 March 2025, Wednesday
Categorized in राष्ट्रिय