काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीनदिने स्पष्टीकरणे सोध्ने निर्णय गरेको हो । यसअघि ऊर्जा मन्त्रालयले पनि उनलाई स्पष्टीकरण सोधेको थियो ।
यसैबीच कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको थियो।
आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका थिए ।
घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए।
सम्झौताअनुसार ढिला विवरण बुझाएको भन्दै उनलाई शून्य नम्बर दिएको मन्त्रालयको भनाई छ ।
घिसिङ दोस्रो पटक चार बर्षको लागि प्राधिकरणको कार्यकारी निर्देशकमा २०७८ साउन २५ मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त भएको थियो ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो ।
6 March 2025, Wednesday
Categorized in प्रबिधि