काठमाडौं । भोलि(बुधवार) बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्विप लगाएको छ ।
बैठकमा सरकारले विभिन्न अध्यादेशहरू निर्णयार्थ पेस गर्ने तयारी सत्ता गठबन्धन दुवै दलले आफ्ना सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन भनेको हो।
सत्तारूढ दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई मंगलबार एसएमएस गरेर अध्यादेशका पक्षमा उभिन ह्विप लगाएका हुन् ।
‘फागुन २१ गते दिउँसो १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले पार्टीका प्रतिनिधि सभा सांसदहरूलाई पठाएको एसएमएसमा उल्लेख छ ।
सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि बुधवार संसदमा पेस गर्दैछ ।
प्रतिनिधि सभामा कांग्रेस र एमाले मात्रैको पनि बहुमत छ तर राष्ट्रिय सभामा अध्यादेश स्वीकार गर्न उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ सरकारलाई आवश्यक छ ।
4 March 2025, Tuesday
Categorized in राष्ट्रिय