२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीले भेटे इटलीका भेट्रान गोलकिपर जियानलुइजीलाई 


प्रकाशित: सोमवार, १९ फागुन २०८१, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा भेट्रान गोलकिपर जियानलुइजी बफोनलाई भेटेका छन ।

 
प्रधानमन्त्री ओलीले सोमबार  बिहान उनलाई प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन । 


भेट्रान गोलकिपर जियानलुइजी राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका हुन ।


भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बफोनका परिवारका सदस्यलगायत सहभागी थिए ।


फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।

 

3 March 2025, Monday

asteriskhubs
Home Page Bottom Second


maharjan complex