२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पुलिस क्लव बने चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको च्याम्पियन


प्रकाशित: सोमवार, १९ फागुन २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको सातदोबाटो स्थित कराते एकेडेमीमा आयोजित चौथो कृष्णप्रसाद भट्टराई स्मृति प्रतियोगिता– २०८१ राष्ट्रिय कराते प्रतियोगिताको च्याम्पियन पुलिस क्लब बनेको छ ।


आइतवार भएको फाइनल खेलमा १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बनेको हो । उक्त टिमले नगद पुरस्कार स्वरुप  १ लाख प्राप्त गरेका छ ।  


नेपाल कराते महासंघ, जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा शुक्रवारदेखि, शनिवार र आईतवार सम्म खेल भएको थियो ।  आइतवार सम्पन्न खेलको प्रमुख अतिथी नेपाली कांग्रेस महामन्त्री गगन थापा थिए । 

 


एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक जितेर दोस्रो (उपविजेता) बन्न सफल भएको थियो ।  एपिएफले नगद पुरस्करा ५० हजार हात पारेको छ ।


त्रिभुवन आर्मी क्लब तेस्रो हुन सफल भयो ।  क्लवले २ स्वर्ण ३ रजत र ५ कास्य गरी १० पदक प्राप्त गरेसँगै २५ हजार नगद पुरस्कार पनि पाए । 


बिजेता, उपविजेताहरुलाई प्रमुख अथिती महामन्त्री थापाले नगद पुरस्कारको चेक हस्तान्तरण गरेका थिए ।

 

 
प्रतियोगितामा पुरूषतर्फ एपिएफका मोहम्मद शेखु आलम र माहिलातर्फ पुलिसकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए । उनीहरु दुवैलाई जनही २५ हजार नगर पुरस्कार प्रदान गरिएको थियो ।


त्यसैगरी, प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुषतर्फ र महिलातर्फ कर्णालीकी प्रियंका शाही उदयीमान खेलाडी बन्न सफल भइन ।  उनीहरूलाई अन्तराष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरिएको छ। बागमती प्रदेश अनुशासित टिम बन्यो।


महिला ६८ केजी माथीको तौल समुहमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरूङले बागमतीकी महिमा राईलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेकी छिन । 

 


त्यसैगरी, गण्डकीकी सुनिता थापाले कास्य हात पारिन । 


६८ केजीमुनि पुलिसकी रोजिता ढुङ्गेल आर्मीकी सानु तामाङलाई ४–३ को स्कोरमा पराजित गर्दै पहिलो भइन ।  एपिएफकी बिनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृती दुम्जनले कास्य पदक प्राप्त गरे ।

 
महिला ५० केजीतर्फ आर्मीकी प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिती तामाङलाई १२–२ को सहज सकोरले पराजित गर्दै स्वर्ण पदक हात पारिन्। एपिएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भइन ।

 


पुरूष ६० केजीमा एपिएफका मीन बहादुर तामाङले आर्मीका राकेश लामालाई ९–१ को स्कोरमा हराउँदै स्वर्ण पदक हासिल गरे भने बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरूङ तेस्रो भए।


८४ केजी माथीको प्रतिस्पर्धामा एपिएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९–० ले पराजित गर्दै स्वर्ण जित्न सफल भए । गण्डकी प्रदेशका प्रविण कुँवर र आर्मीका संगम भुजेलले कास्य पदक प्राप्त गरे ।


यस प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाली कांग्रेस बागमति प्रदेशका सभापति तथा प्रदेश सदस्य इन्द्रबहादुर बानियाँ रहेका थिए भने दोस्रो दिन शनिवार परराष्ट्र मन्त्री डा. आरजु राणा प्रमुख अतिथी थिइन ।

 


प्रतियोगितामा बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, बागमति प्रदेशका प्रदेश सभा सदस्य उर्मिला केसी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन लगाएतको उपस्थिती रहेको थियो ।


यस प्रतियोगितको संयोजक नेपाल कराते महासंघ, जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलका अध्यक्ष दिपक श्रेष्ठ रहेका थिए । 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

3 March 2025, Monday

asteriskhubs
Home Page Bottom Second


maharjan complex