काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४०औं वर्षमा प्रवेश गरेको अवसरमा ‘नव आयाम बचत खाता’ ल्याएको छ ।
३९ रुपैयाँ मौज्दातमै यो खाता खोल्न सकिने बैंकले जनाएको छ भने यस अवसरमा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, भर्चुअल प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड सुविधा ३९ रुपैयाँमै उपलब्ध हुने बैंकले जनाएको छ । साथै लकर सुविधामा ३९ प्रतिशत छुट पाउने छन् ।
३९औं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले बैंकप्रति निरन्तर सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताए ।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने उनले उल्लेख गरे ।
बैंकले यो पटक सातौं संस्करण ‘डिजिटल बैंकिङको जादु” नामक चित्र पुस्तक सार्वजनिक गरिएको छ । चित्रकथामा बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउन र अभिभावकलाई आधुनिक डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न प्रेरित गराउनु रहेको बैंकको भनाइ छ ।
27 Ferbury 2025, Thursday
Categorized in बैंक