१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

विमानस्थलबाट करिब ४ केजी सुनसहित चार जना पक्राउ


प्रकाशित: विहिवार, १५ फागुन २०८१, १४ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट करिब चार किलो सुन सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।


बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका तीन जना महिला र एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 


काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एसएसपी शेखर खनालका अनुसार पक्राउ पर्नेमा उज्बेकिस्तानका ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमेदा र ५४ वर्षीया मारिफालिभा दिलफुजा र ४१ वर्षीय पुरुष तुरसुनोभ सारदोर हुन । 


चेकजाँचका क्रममा उनीहरूले मलद्वारमा सुन लुकाएर ल्याएका र उनीहरुको साथबाट तीन किलो ७४५ ग्राम सुन बरामद भएको हो । 


त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरू सबैलाई अनुसन्धानका लागि भन्सार कार्यालय सिनामंगल पठाएको छ ।

 

27 Ferbury 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex