४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौंमा २ दिने डिजिटल अपराध नियन्त्रणसम्बन्धी सम्मेलन हुने


प्रकाशित: बुधवार, १४ फागुन २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंमा विहिवारदेखि महान्यायाधिवक्ता कार्यालयको आयोजनामा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।


महान्यायाधिवक्ता रमेश बडालले अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र संस्थागत क्षमता सुधारका उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।


महान्यायाधिवक्ता बडालका अनुसार सम्मेलनमा सहभागी विज्ञहरुले ‘डिजिटल युगका अपराधहरु : पूर्वानुमान र त्यसमाथिको सम्बोधन’ भन्ने अवधारणामा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।


सम्मेलन प्रविधिमा आधारित भएर हुने यौन हिंसा र दुर्व्यवहार, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध, एआईको प्रयोगबाट हुने अपराधहरुका विषयमा केन्द्रित हुनेछ ।


सम्मेलनमा नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायत देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञहरु, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ तथा न्यायाधीश सहभागी हुनेछन् ।

 

26 Ferbury 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika