२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एनआरटीका फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन


प्रकाशित: आइतवार, ११ फागुन २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपालका पूर्व खेलाडी तथा न्युरोड टिम (एनआरटी)  फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको आइतवार निधन भएको छ । 


अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार श्रेष्ठलाई मुटुको समस्या देखिएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो।


५४ वर्षीय श्रेष्ठको श्रेष्ठको निधनमा एनआरटीले दुःख व्यक्त गर्दै श्रद्धान्जली दिएको छ । उनी थ्रीस्टार, आरसिटी, एनआरटी, मनाङ मर्स्याङदीजस्ता चर्चित क्लबबाट घरेलु फुटबल खेलेका श्रेष्ठ राष्ट्रिय टोलीबाट समेत खेलेका थिए।


श्रेष्ठले नेपालको उमेर समूहको प्रशिक्षक भएर समेत काम गरेका थिए। विभिन्न क्लबको प्रशिक्षक भएका श्रेष्ठ निधनमा फुटबलकर्मीले शोक व्यक्त गरेका छन् ।

 

22 Ferbury 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


maharjan complex