११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मेटा, गुगललाई कर लगाउने देशप्रति ट्रम्पको कडा प्रतिक्रिया, नेपाल पनि प्रभावित हुने


प्रकाशित: आइतवार, ११ फागुन २०८१, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनी माइक्रोसफ्ट गुगल, अमेजन, मेटाजस्ता कम्पनीमाथि कर लगाउने देशविरुद्ध कडा कदम चाल्ने बताएका छन । 


डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गरेसँगै नेपाल पनि प्रभावित हुन भएको छ । 


नेपालले पनि प्रविधि कम्पनीलाई वार्षिक कारोबारको २ प्रतिशत डीएसटी लगाउँदै आएको छ ।


नेपालमा माइक्रोसफ्ट, गुगल, मेटा, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता अमेरिकी प्रविधि कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा साढे ४१ करोड डीएसटी तिरेका थिए ।


गत आवमा नेपालमा डीएसटी तिर्नेमध्ये एक अमेरिकी कम्पनी एक्लैले अधिकतम झन्डै १ अर्ब ३१ करोड रुपैयाँसम्म कारोबार गरेको थियो ।


राष्ट्रपति ट्रम्पले डीएसटी लगाउने फ्रान्स, बेलायत, क्यानडाजस्ता देशमाथि अनुसन्धान सुरु गर्न र प्रतिक्रियात्मक ट्यारिफ प्रस्ताव गर्न आफ्ना व्यापार प्रतिनिधिलाई आदेश दिएका छन ।

 
नेपाल सरकारले आव २०७९/८० को बजेटमार्फत पहिलो पटक विद्युतीय सामाजिक सञ्जाललाई कर प्रणालीमा समावेश गर्ने घोषणा गरेको थियो । वर्ष २०७९ मै महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले पनि युट्युब, टिकटक, गुगल मिट, जुमजस्ता एप्लिकेसन प्रयोगमा हुने भुक्तानीबाट राज्यको ठूलो धनराशि विदेशिएको औंल्याएको थियो ।

 

22 Ferbury 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


maharjan complex