काठमाडौं । रौतहतको लाल बकैया नदिमा बेपत्ता भएकामध्ये २१ को उद्धार गरिएको छ भने ५ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
हिजो रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा डुंगा दुर्घटनामा परेका थिए ।
प्रहरीका अनुसार हराई रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन ।
औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । सो डुंगा दुर्घटना हुने बेला करिब २६ जना रहेको अनुमान गरिएको थियो ।
Categorized in समाज